मन्त्रीमण्डल बिस्तारका लागि गठबन्धन बैठक जारी

मन्त्रीपरिषद् बिस्तारका लागि अहिले १० दलीय गठबन्धनको बैठक जारी छ ।

मन्त्रीमण्डल बिस्तारका लागि गठबन्धन बैठक जारी

काठमाडौं । मन्त्रीपरिषद् बिस्तारका लागि अहिले १० दलीय गठबन्धनको बैठक जारी छ । बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसिरहेको हो । बैठकमा सरकार बिस्तारलाई पूर्णता दिने र आज नै मन्त्रीहरुको शपथग्रहण गराउने तयारी भइरहेको छ । बालुवाटार श्रोतका अनुसार अहिलेसम्म काँग्रेस ८, नेकपा (माओवादी केन्द्र) ५, जनता समाजवादी पार्टी २, नेकपा (एकीकृत समाजवादी)  २ र अन्य साना दलहरुलाई एक/एक वटा मन्त्रालय दिइने निर्णय भएको छ । यद्यपी कसलाई कुन मन्त्रालय दिने भन्नेबारेमा निर्णय नआइसकेको श्रोतले बतायो । 

खबरपाटी
खबरपाटी