राष्ट्रपति पौडेलद्वारा मच्छिन्द्रनाथ रथयात्राको अवलोकन

राष्ट्रपति रामचन्द्र पौडेलले सेतो मच्छिन्द्रनाथको रथयात्राको अवलोकन गर्नुभएको छ ।

राष्ट्रपति पौडेलद्वारा मच्छिन्द्रनाथ रथयात्राको अवलोकन

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सेतो मच्छिन्द्रनाथको रथयात्राको अवलोकन गर्नुभएको छ । 

आज अर्थात चैत्र शुक्ल अष्टमीदेखि सुरु भएको रथयात्रा जमलमा रहेको तीनधारा पाठशालाबाट सुरु भएर सहरको भित्री भाग असन, वसन्तपुर, जैसीदेवल हुँदै अन्तिम दिन लगनटोलस्थित मच्छिन्द्रनाथकी आमालाई तीन पटक परिक्रमा गराएपछि सम्पन्न हुनेछ । रासस

खबरपाटी
खबरपाटी