सत्ता साझेदार दलको बैठक आज पनि

बैठक आज बिहान ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने भएको हो ।

सत्ता साझेदार दलको बैठक आज पनि

काठमाडौं । सत्ता साझेदार दलको बैठक आज पनि बस्दैछ । बैठक आज बिहान ९ बजे  प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने भएको हो । आज बस्ने बैठकले मन्त्रालय बाँडफाँट टुंग्याउने बताइएको छ । मंगवार बसेको बैठकमा पनि मन्त्रालय बाँटफाँट टुंगो लगाउन सकेन । मंगलवारको बैठकमा सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा पेस भएको थियो । उहाँका अनुसार न्यूनतम साझा कार्यक्रमको मस्यौदामा विस्तृत छलफल भएर भोलि टुङ्गोमा पुगिनेछ । “बैठकमा सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा छलफलका लागि पेश भयो । बैठकमा सरकारको तर्फबाट प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले न्यूनतम साझा कार्यक्रमको मस्यौदा पेस गर्नुभएको थियो । सरकारलाई चाडो भन्दा चाडो पूर्णता दिने विषयमा पनि सामान्य छलफल भएको थियो ।  

खबरपाटी
खबरपाटी