ईयू र जर्मनीबीच जीवाश्म ईन्धन प्रयोग हुने कार हटाउने योजनामा सम्झौता

युरोपेली सङ्घ (ईयू) र जर्मनीबीच सन् २०३५ सम्ममा जीवाश्म इन्धन प्रयोग गर्ने कार बिक्रीलाई चरणवद्ध बनाउने पूर्व विवादित विषयमा सम्झौता भएको छ ।

ईयू र जर्मनीबीच जीवाश्म ईन्धन प्रयोग हुने कार हटाउने योजनामा सम्झौता

काठमाडौं । युरोपेली सङ्घ (ईयू) र जर्मनीबीच सन् २०३५ सम्ममा जीवाश्म इन्धन प्रयोग गर्ने कार बिक्रीलाई चरणवद्ध बनाउने पूर्व विवादित विषयमा सम्झौता भएको छ ।

सन् २०३५ देखि जीवाश्म ईन्धन कारहरूको नयाँ बिक्रीमा प्रतिवन्ध लगाउने ऐतिहासिक सम्झौताले सन् २०५० सम्ममा शुद्ध–शून्य हरितगृह ग्याँस उत्सर्जनको साथ ‘जलवायु–तटस्थ’ अर्थव्यवस्था बन्ने ईयूको महत्वाकाङ्क्षी योजनाको लागि महत्वपूर्ण छ ।

तर यस महिनाको सुरुमा एक अभूतपूर्व कदममा, अग्रणी कार निर्माता मुलुक जर्मनीले अन्तिम समयमा सम्झौतालाई रोकेपछि यो पहिले नै परम्परागत ईयू विधायी प्रक्रिया अन्तर्गत अनुमोदित भएको थियो ।

शनिवार घोषणा गरिएको सम्झौता अनुसार कानूनले ‘सिन्थेटिक ईन्धन’मा चल्ने दहन इन्जिनको साथ नयाँ कारहरूको बिक्रीलाई बर्लिनले ब्रसेल्सलाई अनुमति दिनेछ ।

ईयूका वातावरण आयुक्त फ्रान्स टिमरम्यान्सले ट्वीटरमा सम्झौताबारे भन्नुभएको छ, “हामीले भविष्यमा कारमा विद्युतीय इन्धनको प्रयोगका लागि जर्मनीसँग सम्झौता गरेका छौं ।” 

“हामी अब जतिसक्दो चाँडो कार नियमनको लागि कार्बनडाईअक्साइड उत्सर्जन नियनत्रण गर्ने मानकहरू अपनाउने काम गर्नेछौं ।

जर्मनीका यातायातमन्त्री भोल्कर विसिङल भन्नुभएको छ, “यदि दहन इन्जिन भएका सवारी साधनले कार्बन डाइअक्साइड उत्सर्जनमा ‘तटस्थ इन्धन’ मात्र प्रयोग गरेमा सन् २०३५ पछि पनि दर्ता भइरहन सक्छन् ।

युरोपेली आयोग र जर्मनीबीच गतिरोध तोड्न हप्तौं लामो वार्ता प्रारम्भिक पाठमा प्रस्तुत गरिएको भन्दा ‘सिन्थेटिक ईन्धन’मा बलियो प्रतिबद्धताको लागि बर्लिनको इच्छामा केन्द्रित थियो । रासस

खबरपाटी
खबरपाटी