काठमाडौं । सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–१ स्याउलेमा ‘एक घर एक धारा’ योजना सम्पन्न भएको छ ।
चौतारा साँगाचोकगढी नगरपालिकाको पाँच लाख आर्थिक सहयोग र स्याउले वडास्तरीय खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको प्राविधिक सहयोगमा एक सय ६८ घरधुरीसहित एक विद्यालयमा धारा जडान गरिएको छ ।
स्याउलेदेखि गुन्ससम्मका सबै घरधुरीमा स्वच्छ खानेपानीको पहुँच पुगेपछि नगरप्रमुख कृष्णप्रसाद सापकोटाले एक कार्यक्रमबीच ‘एक घर एक धारा’को उद्घाटन गर्नुहुदै समुदायलाई हस्तान्तरण गर्नुभयो । प्रमुख सापकोटाले नगरवासीलाई स्वच्छ खानेपानीको पहुँचमा पुर्याउन आफूले गरेको सङ्कल्पको शुरुवात स्याउलेबाट भएको बताउनु भयो ।
पूर्वसांसद एवं जुगलथालखर्क होल्चे खानेपानी समितिका अध्यक्ष सुवास कर्माचार्यले एक घर एक धारा अभियानले सामुदायिक धारामा हुने घुइँचो र विवादको अन्त्य भएकामा खुसी व्यक्त गर्नुभयो ।रासस