देश बनाउने जिम्मेवारी युवाको होः नेता पौडेल

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं काठमाडौँ–५ का प्रतिनिधिसभा सदस्य प्रदीप पौडेलले देश बनाउने जिम्मेवारी युवाको भएको बताउनुभएको छ ।

देश बनाउने जिम्मेवारी युवाको होः नेता पौडेल

 काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं काठमाडौँ–५ का प्रतिनिधिसभा सदस्य प्रदीप पौडेलले देश बनाउने जिम्मेवारी युवाको भएको बताउनुभएको छ । रोट¥याक्ट क्लब अफ दमौलीको आयोजनामा आज तनहुँको दमौलीमा आयोजित दोस्रो पिएस मिट तथा पेट्स सेट्स कार्यक्रमको उद्घाटन गर्दै पौडेलले देश विकासका लागि युवा अगाडि सर्नुपर्ने बताउनु भयो ।

“देश आजको अवस्थामा आइपुग्नुमा युवाको ठूलो भूमिका छ, देशको थप विकासका लागि पनि युवा अग्रसर हुनुपर्छ”, पौडेलले भन्नुभयो, “युवाहरू देश बनाउने सोच र सङ्कल्प लिएर हिँड्नुपर्छ ।” पौडेलले सामाजिक सङ्घसंस्थाले युवालाई नेतृत्व गर्न सिकाएको भन्दै नेतृत्व लिनका लागि युवाहरू पनि जागरुक बन्नुपर्ने धारणा राख्नुभयो ।

“रोटरी, लायन्सजस्ता क्लबहरूले युवालाई नेतृत्वमा पुग्न सहयोग पु¥याएको छ, युवालाई एकजुट पनि बनाएको छ”, पौडेलले भन्नुभयो, “यस्ता क्लबले लोकतन्त्रको अभ्यास गर्न सिकाएको छ ।” रोट¥याक्ट क्लब अफ दमौलीसहित रोट¥याक्ट क्लब अफ बज्र मनास्लु, गोरखा र स्यम्बु भैसीपाटीको आयोजना र रोट¥याक्ट क्लब अफ भिमाद, मणिग्राम, कान्तिपुर र वीरगञ्ज मेट्रोपोलिस सहआयोजकको रूपमा छन् ।

कार्यक्रममा देशभरका एक सय ८० रोट¥याक्ट क्लबका अध्यक्ष, सचिव तथा सदस्य गरी सात सयभन्दा बढीको सहभागिता छ । आन्तरिक पर्यटन प्रवद्र्धनसहित दमौली र तनहुँका विभिन्न पर्यटकीयस्थलको प्रचार–प्रसार गर्नेसमेत कार्यक्रमको उद्देश्य छ । 

मिसन ग्रासरुटले एमालेको उपचार गर्छः उपाध्यक्ष ज्ञवाली

नेकपा (एमाले) का उपाध्यक्ष युवराज ज्ञवालीले अहिले सञ्चालन भइरहेको मिसन ग्रासरुट अभियानले एमालेको उपचार गर्ने बताउनुभएको छ । नेकपा (एमाले) तनहुँ क्षेत्र नं १ क्षेत्रीय समितिले आज भानु नगरपालिका–१ भन्सारमा आयोजना गरेको कार्यक्रममा बोल्दै उपाध्यक्ष ज्ञवालीले पार्टीमा रहेका रोग हटाउन मिसन ग्रासरुटले सहयोग पुग्ने बताउनु भयो । 

“मिसन ग्रासरुट अभियानमा प्रत्येक टोलमा पुग्नुपर्छ, यो अभियानले एमालेको उपचार गर्छ, रोगहरू हटाउँछ र पार्टी पहिलेको भन्दा स्वस्थ बन्छ”, ज्ञवालीले भन्नुभयो, “आफ्ना असन्तुष्टिलाई थाँती राख्नुपर्छ । यो महाअभियान हो, सबै जना लाग्नुपर्छ ।”

तनहुँ–१ मा वैशाख १० गते हुने उपनिर्वाचनका सन्दर्भमा ज्ञवालीले उम्मेदवार हुन कार्यकर्ताले मन पराउने मान्छे आवश्यक रहेको बताउनुभयो । “जितेरमात्रै हँुदैन, टिक्ने पनि हुनुप¥यो, विगतमा धेरैले जितेर गए पनि टिक्न नसक्ने पनि छन्”, ज्ञवालीले भन्नुभयो, “ंसधैँभरि पार्टीको पक्षमा लाग्न सक्ने उम्मेदवार चाहिन्छ । सबै पार्टी कमिटी एकताबद्ध भएर चुनावमा लाग्नुपर्छ ।”

ज्ञवालीले चुनाव एउटा लडाइँ भएकाले त्यो लडाइँ एमालेले जित्नुपर्ने जिकिर गर्नुभयो । कम्युनिष्टहरू सिद्धान्त, देश र जनताप्रति समर्पित हुनुपर्ने ज्ञवालीको जोड थियो । सुखी नेपाली समृद्ध नेपाल एमालेको मुख्य ध्येय भएको चर्चा गर्दै ज्ञवालीले देश समृद्ध मात्र भएर नभई जनता सुखी पनि हुनुपर्ने बताउनुभयो । 

नेकपा ९एमाले० केन्द्रीय सचिव पद्मा अर्यालले चुनाव वर्ग सङ्घर्ष भएको चर्चा गर्दै उक्त लडाइँमा दलाल पुँजीवादलाई पराजित गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा एमाले स्थायी कमिटी सदस्य किरण गुरुङ, पोलिटब्यूरो सदस्य टुकराज सिग्देल, केन्द्रीय सदस्य भगवती न्यौपानेलगायतले पार्टीलाई बलियो बनाएर लैजानुको विकल्प नभएको बताउनुभयो । रासस

खबरपाटी
खबरपाटी