प्रचण्डलाई लिङदेनले दिए ‘बस फेरिरहने ड्राइभर’

अध्यक्ष लिङदेनले प्रधानमन्त्री प्रचण्डलाई बस फेरिरहने ड्राइभरको संज्ञा दिदै नयाँ बस चढाउन खोजेको तर पुरानै बस चलाउन गएको बताए

प्रचण्डलाई लिङदेनले दिए ‘बस फेरिरहने ड्राइभर’

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष लिङदेनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दुई महिनामा दुई पटक विश्वासको मत लिन लागेको भन्दै बैशाख-जेठ तिर फेरी यस्तो अवस्था नाओस् भनेका छन् ।

अध्यक्ष लिङदेनले प्रधानमन्त्री प्रचण्डलाई बस फेरिरहने ड्राइभरको संज्ञा दिदै नयाँ बस चढाउन खोजेको तर पुरानै बस चलाउन गएको बताएका थिए । उनले विकास, सुशासन र सेवा प्रवाहमा काम गर्ने सहमति गरेको भएपनि प्रधानमन्त्री प्रचण्डले बाटो फेरेको बताए ।

प्रधानमन्त्रीले सरकारमा महत्वपूर्ण साझेदार रहेको दलसँग छलफल नै नगरी बाटो मोडेका कारण आफुहरु सरकारबात बाहिरिएको बताउदै आफुहरुले धोका नदिएको स्पष्ट गरे ।

खबरपाटी
खबरपाटी