घरेलु मैदानमा नेपालले आज युएइको सामना गर्ने

आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक  सिरिजमा आज नेपालले युनाइटेड अरव इमिरेट्स (युएई) सँग प्रतिस्पर्धा गर्दैछ

घरेलु मैदानमा नेपालले आज युएइको सामना गर्ने

काठमाडौँ । आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक  सिरिजमा आज नेपालले युनाइटेड अरव इमिरेट्स (युएई) सँग प्रतिस्पर्धा गर्दैछ ।

त्रिभुवन विश्वविद्यालयको खेल मैदान, कीर्तिपुरमा बिहान ९ः३० बजेदेखि सुरु हुने खेलमा नेपालले युएसँगै प्रतिस्पर्धा गर्न लागेको हो ।

सिरिजको पहिलो खेलमा जित हात पारेको नेपालले आजको खेलमा पनि जित निकाल्न चाहन्छ । पहिलो खेलमा नेपालले पपुवा न्यु गिनी९पीएनजी०लाई पराजित गरेको थियो ।

विश्वकप लिग टूको शीर्ष ३ भित्र रहेर विश्वकप छनोटमा सिधै स्थान बनाउन नेपाललाई बाँकी रहेका तीन खेलमा शतप्रतिशत जित निकाल्नु पर्ने हुन्छ । 

खबरपाटी
खबरपाटी