दोस्रो खेलमा नेपालको विष्फोटक ब्याटिङ, दुइ जनाको शतकिय पारी

मालेक क्रिकेट मैदानमा नेपालले टस जितेर पहिले ब्याटिङ गर्दा कप्तान देव खनाल सहित अर्जुन कुमालले शतकिय पारी खेलेका छन्

दोस्रो खेलमा नेपालको विष्फोटक ब्याटिङ, दुइ जनाको शतकिय पारी

काठमाडौं ।  आईसीसी यू १९ पुरुष विश्वकपको एसिया छनोट प्रतियोगिता अन्तर्गत कुवेतविरुद्धको खेलमा नेपालले सुरुआतमा ब्याटिङ गर्दै ३४४ को विशाल लक्ष्य खडा गरेको छ ।

मालेक क्रिकेट मैदानमा नेपालले टस जितेर पहिले ब्याटिङ गर्दा कप्तान देव खनाल सहित अर्जुन कुमालले शतकिय पारी खेलेका छन् । 

प्रतियोगितामा दोस्रो खेल खेलिरहेको नेपाल लगातार दोस्रो जित निकाल्ने योजनामा छ । पहिलो खेलमा नेपालले शुक्रबार सिंगापुरलाई पराजित गरेको थियो ।

कुवेत भने पहिलो जितको खोजीमा रहेको छ । पहिलो खेलमा कुवेत हङकङसँग पराजित भएको थियो ।

लामो समयको अन्तरालमा विश्वकपमा छनोट हुने लक्ष्यसहित युएई पुगेको नेपाली टोली जितलाई निरन्तरता दिन चाहन्छन।

खबरपाटी
खबरपाटी