एमालेको टिप्पणी : देशलाई अस्थिरतातर्फ धकेल्ने र सार्वभौमिकता कमजोर बनाउने खेल भयो

सरकारबाट बाहिरिने एमालेको तयारी

एमालेको टिप्पणी : देशलाई अस्थिरतातर्फ धकेल्ने र सार्वभौमिकता कमजोर बनाउने खेल भयो

नेकपा एमालेले नयाँ गठबन्धन बनेसँगै मुलुक अन्त्यहीन अस्थिरतातिर धकेलिएको आरोप प्रतिक्रिया दिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गठबन्धन बदलेर मुलुकलाई अन्त्यहीन अस्थिरतातिर धकेल्ने काम गरेको एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले आरोप लगाएका हुन् ।

पूर्वसहमति तोडेर नेपाली कांग्रेसलाई राष्ट्रपति दिने निर्णयले प्रधानमन्त्री प्रचण्डप्रतिको विश्वासनीयता कमजोर बनेको पनि नेता ज्ञवालीले प्रतिक्रिया दिएका छन् । उनले राजनीति भनेको भागबण्डा मात्रै हो, र त्यसका लागि जे पनि हुन्छ भन्ने कुरालाई प्रचण्डको यो कदमले बल पुर्याएको पनि बताएका छन्।

‘कतिपय नेताको विश्वासनीयतामाथि प्रश्न उठेको छ । यसले राजनीतिमा बितृष्ण जगाउने कार्यलाई नै मद्दत पुग्छ’, ज्ञवालीको भनाइ छ, ‘जस्तो भूराजनीतिक दबावबारे चर्चा भइरहेको थियो । अहिले गठबन्धन बदल्ने कुराले हामी आफ्नो निर्णय गर्न सक्ने शक्ति सामथ्र्यमाथि प्रश्न उठेको छ ।’
 

खबरपाटी
खबरपाटी