माओवादी र जसपा नेताहरुबीच छलफल जारी

राष्ट्रपति निर्वाचनको विषयमा छलफल

माओवादी र जसपा नेताहरुबीच छलफल जारी

काठमाडौं । नेकपा माअ‍ोवादी केन्द्र र जनता समाजवादी पार्टीक नेताहरुबीच छलफल जारी रहेको छ । सिंहदरबारमा भएको सो भेटमा प्रधानमन्त्री प्रचण्ड, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र सचिव शक्ति बस्नेत सहभागि भएका छन् ।

यस्तै जनता समाजवादी पार्टीबाट अध्यक्ष उपेन्द्र यादव र नेता राजेन्द्र श्रेष्ठले पनि सभागिता जनाएको स्रोतले जनाएको छ । उक्त भेटमा राष्ट्रपति निर्वाचनको विषयमा छलफल लगायत समसमामयिक राजनैतिक बिषयमा बार्ता हुने भएको छ ।

बिहीबार विहान नै माओवादी र एकीकृत समाजवादीका नेताहरुबीचा भेट भएको थियो । आज नै माओवादी, जसपा र एकीकृत समाजवादीबीच अर्को छलफल तय भएको जनाइएको छ । माओवादी, जसपा, एकीकृत समाजवादीले कांग्रेससँग साँझ ६ बजे छलफलका लागि समय निर्धारण गरिएको छ ।

खबरपाटी
खबरपाटी