आफ्नो कर्मचारीलाई धानको घुन सम्झेर पिस्सिरहेको एन.आइ.सि.एसिया बैंक
२० फागुन २०८०, आइतवार
बुटवल । पश्चिम नवलपरासीको गण्डक नहरमा २ बच्चासहित हाम फालेकी महिलाको शव भेटिएको छ । नहरमा हाम फालेको स्थान भन्दा एक सय मिटर तल दुवै छोरालाई सलले बाँधेको अवस्थामा तीनैजना मृत भेटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
मंगलबार दिउँसो २ बजेतिर सुस्ता गाउँपालिका–२ हरकपुरास्थित गण्डक नहरमा सोही वडाको महलबारी बस्ने २९ वर्षीया प्रतीमा थारूले ९ वर्षीय छोरा क्रिस र ७ वर्षीय सुमितलाई काखमा लिएर हाम फालेकी थिइन् । उनको जनपथ र सशस्त्र प्रहरीको टोलीले खोजी गरी मृत अवस्थामा फेला पारेको हो ।
ती महिलाको मानसिक सन्तुलन सामान्य नरहेको प्रहरीको भनाई छ। । उनका श्रीमान् वैदेशिक रोजगारमा छन् । उनी दुई छोरा र सासुसँग बस्दै आएकी थिइन् ।