आफ्नो कर्मचारीलाई धानको घुन सम्झेर पिस्सिरहेको एन.आइ.सि.एसिया बैंक
२० फागुन २०८०, आइतवार
काठमााडैं । राष्ट्रपति पदका लागि लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले अध्यक्ष महन्थ ठाकुरको नाम प्रस्ताव गरेको छ।
मंगलबार दिउँसो प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग बालुवाटारमा भएको भेटमा लोसपा अध्यक्ष ठाकुरसहितको टोलीले राष्ट्रपतिमा राष्ट्रिय सहमति हुनुपर्ने र सो पदमा ठाकुर उपयुक्त व्यक्ति भएको प्रस्ताव गरेको हो।
निर्वाचन आयोगले राष्ट्रपति उम्मेदवारको मनोनयन मिति फागुन १३ गते तय गरेको छ। निर्वाचनको मिति नजिकिएसँगै दलहरुबीचमा राष्ट्रपतिको उम्मेदवारका विषयमा छलफल तीव्र बनेको छ। हिजो मात्र नेकपा एमालेले राष्ट्रपतिमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको नाम प्रस्ताव गरेको छ।