चितवन–२ मा रवि लामिछानेविरुद्ध जनमोर्चा उपचुनाव लड्ने

राष्ट्रिय जनमोर्चाले वैशाख १० गते चितवन २ मा हुने उपनिर्वाचन लड्ने निर्णय गरेको छ ।

चितवन–२ मा रवि लामिछानेविरुद्ध जनमोर्चा उपचुनाव लड्ने

काठमाडौं। राष्ट्रिय जनमोर्चाले वैशाख १० गते चितवन २ मा हुने उपनिर्वाचन लड्ने निर्णय गरेको छ । 

मंगलबार पार्टी अध्यक्ष चित्रबहादुर केसीको अध्यक्षतामा बसेको संसदीय बोर्डको बैठकले उपनिर्वाचनमा भाग लिने निर्णय गरेको हो  ।

सो निर्वाचन क्षेत्रबाट रास्वपाका रवि लामिछानेले चुनाव लड्ने तयारी गरेको सन्दर्भमा जनमोर्चाले सोविरुद्ध उम्मेदवारी दिने तयारी गरेको हो । 

‘चितवन जिल्ला निर्वाचन क्षेत्र नम्बर २ को उपनिर्वाचनलाई नेपालमा बढ्दो अमेरिकी साम्राज्यवादको प्रभाव, इसाईकरण तथा पश्चिमाहरूको स्वार्थपूर्तिका लागि नेपालमा खोलिएको “स्वतन्त्र” पार्टीको भूमिकालाई भण्डाफोर गर्नका लागि उपनिर्वाचनलाई सङ्घर्षको महत्वपूर्ण मञ्चको रूपमा अगाडि बढाउने निर्णय गरेको छ’, बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ । 

सबै साम्राज्यवादी शक्तिहरूका हर्कतका विरुद्ध निर्वाचनलाई भण्डाफोरको रूपमा उपयोग गरिने सो पार्टीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। 

खबरपाटी
खबरपाटी