डोजर आतंक फैलाएर काठमाडौं महानगरले थप पीडा दिएको भूमिहीनको गुनासो

काठमाडौं महानगरपालिकाले आफूहरुलाई थप पीडा दिएको  भूमिहीनहरुको गुनासो रहेको छ ।

डोजर आतंक फैलाएर काठमाडौं महानगरले थप पीडा दिएको भूमिहीनको गुनासो

काठमाडौं । काठमाडौं महानगरपालिकाले आफूहरुलाई थप पीडा दिएको  भूमिहीनहरुको गुनासो रहेको छ ।

विश्व सामाजिक न्याय दिवसको अवसर पारेर सोमबार काठमाडौंमा आयोजित ‘सामाजिक न्याय संवाद श्रृङ्खला’ कार्यक्रममा बोल्दै पीडित जानुका पोखरेल लगायतले आफूहरुको बस्तीमा डोजर आतंक फैलाएर काठमाडौं महानगरले झनै पीडा दिएको बताएका हुन् ।

काठमाडौंको थापाथलीस्थित सुकुम्बासी बस्तीमा बस्दै आएकी पोखरेलले खाना, छाना र नानाको अभावमा रहेका आफूहरुलाई काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले झनै उठिबास लगाउन खोजेको भन्दै आक्रोश व्यक्त गरिन् । उनले आफूहरुमाथि अन्याय नगर्न पनि काठमाडौं महानगर र संघीय सरकारलाई आग्रह गरिन् । 

उनले भनिन्, ‘गरिवीको भोगाई छ । भोकको पीडा छुट्टै छ । महामारी, सरकारको दिएको यातना । यी सबैको पीडा हामीले भोग्नु परेको छ । हामीमाथि नै काठमाठौं महानगरपालिकाका मेयर बालेन्द्र साहले पनि डोजर चलाएर आतंकित पारेका छन । उनी आएपछि त झन हामीले पीडा भोग्नु परेको छ ।’ 

यता, काठमाडौं उपत्यका विकास प्राधिकरणका विकास आयुक्त नवराज प्याकुरेलले भने भूमिहीनहरुको समस्या समाधानका लागि आफूहरु सम्बन्धित पक्षसँग सहकार्य गरेर अघि बढन लागि परेको दावी गरे । उनले त्यसका लागि ठोस योजना ल्याउन स्थानीय सरकार र संघीय सरकारको ध्यानाकर्षण समेत गराए । विकास आयुक्त प्याकुरेलले काठमाडौं उपत्यका भित्र सामाजिक न्याय स्थापित हुने गरी पीडितहरुको माग सम्बोधन गराउने काममा आफूहरुले काम काम गरिरहेको पनि बताए । 

काठमाडौं उपत्यका विकास प्राधिकरणले सबैको बस्न पाउने अधिकारलाई सुनिश्चित गर्न आफ्नो तर्फबाट सक्दो पहल गरिरहेको पनि विकास आयुक्त प्याकुरेलले बताए । 

खबरपाटी
खबरपाटी