काठमाडौं । नेपालमा नयाँ राष्ट्रपतिका लागि कसरत भइरहेका बेला भारतका बुद्धिजीवी एसडी मुनिले चार नाम सुझाएका छन् ।
सोमबार सामाजिक सञ्जालमा धारणा राख्दै मुनिले राष्ट्रपतिका लागि योग्य भनेर गैरराजनीतिक चार जनाको नाम उल्लेख गरेका हुन् ।
‘नेपालमा सहमतिमा नयाँ राष्ट्रपतिको माग जायज छ’, ट्वीटरमा उनले लेखेका छन्, ‘देवेन्द्रराज पाण्डे, प्रा.बराल (सम्भवतः लोकराज बराल), दमन ढुंगाना र अनुराधा कोइराला जस्ता इमान्दार र राजनीतिक संवेदनशीलता भएका निष्पक्ष व्यक्ति योग्य छन्।’
गैरराजनीतिक व्यक्तिलाई राष्ट्रपति बनाउनुपर्ने आवाज उठिरहँदा मुनिको यस्तो धारणा सार्वजनिक भएको हो।
हेर्नुहोस् उनको ट्वीट–
Demand in Nepal for a consensual new President sounds valid. Non-partisan persons of impeccable integrity and political sensitivity like Davendra Raj Pandey, Prof Baral, Daman Dhungana, Anuradha Koirala deserve to be considered by the political class.
— SUKH DEO MUNI (@SDMUNI) February 20, 2023