आफ्नो कर्मचारीलाई धानको घुन सम्झेर पिस्सिरहेको एन.आइ.सि.एसिया बैंक
२० फागुन २०८०, आइतवार
झापा । झापामा प्रहरीले लागु औषधजस्तो देखिने पदार्थसहित २ जनालाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार पक्राउ पर्नेमा बिर्तामोड नगरपालिका ५ का सुरज कुँवर र सोही ठाउँ बस्ने सुरेश श्रेष्ठ रहेका छन् ।
उनीहरुलाई भारतबाट नेपाल आउँदै गर्दा सोमबार भद्रपुर नगरपालिका ५ स्थित मेचीपुलबाट पक्राउ गरिएको हो । उनीहरुबाट मे ६ प ६२ नम्बरको मोटरसाइकल र ४ ग्राम २२ मिलिग्राम ब्राउन सुगरजस्तो देखिने पदार्थ बरामद भएको प्रहरीले जनाएको छ । बरामद सामाग्री र उनीहरुमाथि थप अनुसन्धान भैरहेको जिप्रका झापाले जानकारी दिएको छ ।