प्रजातन्त्र दिवसका अवसरमा रक्तदान

नेपाली होटल व्यवसायी सङ्घको आयोजनामा ७३औँ प्रजातन्त्र दिवसका अवसर पारेर गोँगबुस्थित बिजी मलमा रक्तदान गरिएको छ ।

प्रजातन्त्र दिवसका अवसरमा रक्तदान

काठमाडौं । नेपाली होटल व्यवसायी सङ्घको आयोजनामा ७३औँ प्रजातन्त्र दिवसका अवसर पारेर गोँगबुस्थित बिजी मलमा रक्तदान गरिएको छ ।

सङ्घले सिद्धार्थ बैंक लिमिटेड गोँगबु शाखाको समन्वयमा नेपाल रेडक्रस सोसाइटीको टोलीले आज बिहान १० देखि दिउँसो २ बजेसम्म रक्तदान कार्यक्रमको आयोजना गरेको हो ।

रगत अभाव भएका बेलामा सङ्घले सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत रक्तदान कार्यक्रम आयोजना गरेको संघको भनाइृ छ । आइतबार आयोजित रक्तदानमा एक सय ५७ जनाले रक्तदान गरेका छन् । 

खबरपाटी
खबरपाटी