निर्वाचन आयोगले प्रचण्डलाई सोध्यो स्पष्टीकरण

प्रचण्डले गाउँपालिका अध्यक्ष जित्न उम्मेदवारहरुले १० करोडसम्म खर्च गरेको बताए

निर्वाचन आयोगले प्रचण्डलाई सोध्यो स्पष्टीकरण

काठमाडौं । निर्वाचन आयोगले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्डलाई स्पष्टीकरण सोधेको छ । स्थानीय तहको निर्वाचनमा उम्मेदवारले गरेको खर्चका विषयमा दिएको अभिव्यक्तिमाथि थप विवरण माग गरेर स्पष्टीकरण सोधेको आयोगले जनाएको छ ।

केही दिनअघि अध्यक्ष प्रचण्डले गाउँपालिका अध्यक्ष जित्न उम्मेदवारहरुले १० करोडसम्म खर्च गरेको रिपोर्ट आएको अभिव्यक्ति दिएका थिए । आयोगले प्रचण्डको सोही अभिव्यक्तिलाई स्पष्ट पार्न आग्रह गरेर पत्र लेखेको बताइएको छ ।

आयोगका एक अधिकारीका अनुसार, त्यसरी अभिव्यक्ति दिनुको आधार के हो र कुन गाउँपालिकाका अध्यक्षले रकम खर्चेका हुन्, विवरण उपलब्ध गराइदिन अनुरोध गरी पत्राचार भएको हो ।

खबरपाटी
खबरपाटी