पृथ्वी राजमार्गमा सवारी आवागमन पूर्ण रोक

पृथ्वी राजमार्गमा सवारी आवागमन पूर्ण रोक

काठमाडौं - पृथ्वी राजमार्गस्थित धादिङको गजुरी गाउँपालिका – ५ स्थित गलौंदी क्षेत्रमा सडक भासिएपछि सवारी आवागमन पूर्ण रूपमा ठप्प भएको छ ।

त्रिशूली नदीको कटानका कारण सडक भासिएको छ ।  जिल्ला प्रशासन कार्यालय धादिङले उक्त मार्ग भएर चल्ने सम्पूर्ण सवारीसाधनहरूलाई रोक लगाएको हो ।

धादिङका सहायक प्रमुख जिल्ला अधिकारी अनिल पौडेलद्वारा शुक्रबार जारी विज्ञप्तिअनुसार अर्को सूचना जारी नहुँदासम्मका लागि सवारी आवागमनमा पूर्ण रोक लगाइएको छ ।

खबरपाटी
खबरपाटी