आफ्नो कर्मचारीलाई धानको घुन सम्झेर पिस्सिरहेको एन.आइ.सि.एसिया बैंक
२० फागुन २०८०, आइतवार
काठमाडौँ - मंगलवार दिउँसो काठमाडौं उपत्यकामा एक्कासी भएको असिनासहितको भारी वर्षाले जनजीवन केही समयका लागि प्रभावित बनेको छ।
केही समयसम्म निरन्तर परेको पानीका कारण उपत्यकाका मुख्य सडक र तल्लो भेगमा जलमग्न अवस्था सिर्जना भएको हो। दिउँसोको समयमा एक्कासी परेको भीषण वर्षाले काठमाडौँका विभिन्न मुख्य सडक खण्डमा पानीको बहाव बढेको छ।
यसले गर्दा सवारीसाधनको आवतजावतमा कठिनाइ हुनुका साथै पैदल यात्रुले सास्ती व्यहोर्नुपरेको छ। वर्षाका कारण केही स्थानमा ढल निकासको समस्या देखिएपछि सडकमा पानी जमेको छ।
ट्राफिक प्रहरीले सडकमा पानीको सतह बढेका स्थानमा उच्च सतर्कता अपनाउन र सवारीसाधनको गति नियन्त्रणमा राख्न चालकलाई आग्रह गरेको छ।