काठमाडौं – देशका केही स्थानमा आज वर्षाको सम्भावना छ । हल्कादेखि मध्यमसम्म वर्षाको पूर्वानुमान रहेको छ ।
नेपाल मौसम विज्ञान विभागका अनुसार दिउँसो कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागमा साधारणतया बादल लाग्नेछ ।
कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली क्षेत्रका साथै देशको तराई भूभागमा आंशिक बादल लाग्नेछ ।
कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशको हिमाली र पहाडी भूभागको थोरै स्थानमा मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ ।
कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली क्षेत्रका एकदुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना छ । पहाडी भूभागका थोरै स्थानमा मध्यमसम्मको वर्षाको पूर्वानुमान छ । मधेस, कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशको तराई भूभागका एकदुई स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना छ ।
विभागले राति कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशका साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाडी र तराई भूभागमा साथै कर्णाली प्रदेशको पहाडी भूभागमा साधारणतया बादल लाग्ने बताएको छ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भूभागमा आंशिक बादल लाग्नेछ ।
कोसी, वाग्मती र गण्डकी प्रदेशको हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना छ । कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेश पहाडी भूभागको थोरै स्थानमा मध्यमसम्मको वर्षाको पूर्वानुमान छ ।
मधेस, कोसी, वामग्मती, गण्डकी प्रदेशको तराई भूभागका थोरै स्थानमा तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई क्षेत्रको एकदुई स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना छ ।
विभागका अनुसार कर्णाली र सुदूरपश्चिम प्रदेशको सबै भूभाग, गण्डकी र लुम्बिनी प्रदेशको पश्चिमी भूभागमा पश्चिमी वायुको प्रभाव छ । कोसी, मधेस, वाग्मती प्रदेशको सबै भूभाग र गण्डकी र लुम्बिनी प्रदेशको बाँकी भूभागमा मनसुनी वायुको साथै पश्चिमीवायुको आंशिक प्रभाव रहेको छ ।