अन्तर्राष्ट्रिय फुटबलबाट मेसीको सन्न्यास

अन्तर्राष्ट्रिय फुटबलबाट मेसीको सन्न्यास

महान् फुटबलर लियोनेल मेसीले दुई दशक अर्जेन्टिनाको राष्ट्रिय टिमको प्रतिनिधित्व गरेपछि सोमबार सन्न्यासको घोषणा गरेका छन्।

 “यस्तो निर्णय गर्दा पीडा हुन्छ, अहिले मनदेखि नै आहत भएको छु तर मलाई थाहा छ, सन्न्यासको समय आएको छ,” ३९ वर्षीय मेसीले आफ्नो इन्स्टाग्राममा लेखेका छन्।

मेसीले विश्वकप फाइनल हारेको दुई दिनपछि नै सन्न्यासको पत्र लेखेको खुलासा गरे। उनका अनुसार बुबा जर्ज मेसी बिरामी भएकाले सन्न्यासको घोषणा केही पर सरेको हो। मेसीका बुबा जर्जको गत अगस्ट ८ मा निधन भएको थियो। मेसीले व्यावसायिक फुटबललाई भने निरन्तरता दिनेछन्।  अहिले उनी अमेरिकाको क्लब इन्टर मियामीमा आबद्ध छन्। 

सन् २०२२ मा कतारमा भएको विश्वकप अर्जेन्टिनाले मेसीकै कप्तानीमा जितेको थियो। सन् २००६ मा अन्तर्राष्ट्रिय फुटबलमा पर्दापण गर्ने मेसीले विश्व फुटबलको सबभन्दा ठुलो ट्रफी जित्न १६ वर्ष कुर्नु परेको थियो।

सो विश्वकपमा मेसीले प्रतियोगिताका सर्वश्रेष्ठ खेलाडीलाई दिइने गोल्डेन बल प्राप्त गर्नुभएको थियो। सन् २०२६ को विश्वकपमा भने अर्जेन्टिना फाइनलमा स्पेनसँग अतिरिक्त समयमा पराजित भयो। भर्खरै सम्पन्न विश्वकपमा मेसीले आठ खेलमा आठ गोल गर्नुभएको थियो। उहाँ एक गोलले मात्र गोल्डेन बुट जित्नबाट बञ्चित हुनुभयो। मेसीले अर्जेन्टिनाको जर्सीमा १२५ गोल गर्नुभएको छ। विश्वकपमा मात्र उहाँले २१ गोल गरे।

दस वर्षअघि कोपा अमेरिकाको फाइनलमा चिलिसँग हारेपछि मेसीले आवेगमा आएर अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिने घोषणा गरेका थिए। किनभने मेसीले त्यसबेलासम्म अर्जेन्टिनालाई एउटा पनि प्रमुख उपाधि दिलाउन ससेका थिएनन् 

मेसीले लिएको सन्न्यासको निर्णयले विश्व फुटबलमै ठुलो हलचल मच्चायो। त्यसपछि सर्वत्र मेसीको सो निर्णय फर्काउने अभियान चलेको थियो।

समर्थकहरूको मायाले मेसीलाई पगाल्न पनि सफल भयो। मेसीले सन्न्यास फिर्ता लिएर अर्जेन्टिनालाई सन् २०२१ र २०२४ मा कोपा अमेरिकाका साथै चार वर्षअघि विश्वकप फुटबलको उपाधि पनि दिलाए।

खबरपाटी
खबरपाटी