नेपालको सानदार शुरुआत, बहराइन ७ विकेटले पराजित

नेपालको सानदार शुरुआत, बहराइन ७ विकेटले पराजित

काठमाडौं - एसिसि मेन्स प्रिमियर कप २०२६ मा नेपालले विजयी शुरुवात गरेको छ। प्रतियोगिताअन्तर्गत आज युकेएम वाइएसडि ओभल मैदानमा भएको पहिलो खेलमा नेपालले बहराइनमाथि ७ विकेटको सानदार जित हात पारेको हो।

बहराइनले प्रस्तुत गरेको ८८ रनको सामान्य लक्ष्य नेपालले २१ ओभरमा ३ विकेट गुमाएर भेटायो। ओपनर महामद आसिफ शेख १८ रन बनाएर आउट भए भने देव खनाल १० रन र इशान पाण्डे १ रनमा पेभेलियन फर्के।

तर,ओपनर अर्जुन कुमाल र रोहित पौडेलले सम्हालिएको ब्याटिङ गर्दै टिमलाई जितसम्म पुर्‍याए। अर्जुन कुमालले ५८ बलमा ५ चौका प्रहार गर्दै ३६ रनमा अविजित रहे भने कप्तान रोहित पौडेलले १४ बलमा १ चौका र १ छक्काको मद्दतले १९ रन जोडे।

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको बहराइन नेपाली बलरहरूको धारिलो आक्रमणसामू टिक्न सकेन र ३६.२ ओभरमा मात्र ८७ रनमा समेटिएको थियो। 

नेपालका लागि कप्तान सन्दीप लामिछानेले ५ विकेट, ललित राजवंशी ३, करण केसीको २ विकेटको योगदान रह्यो। 

खबरपाटी
खबरपाटी