रसुवा बाढीमा बेपत्ता भएकामध्ये हालसम्म १६२ जनाको शव फेला

रसुवा बाढीमा बेपत्ता भएकामध्ये हालसम्म १६२ जनाको शव फेला

काठमाडौं – रसुवा बाढीमा बेपत्ता भएकामध्ये हालसम्म १६२ जनाको शव फेला परेको छ।

नेपाल प्रहरीले आज बिहान ५ बजेसम्मको तथ्यांक सार्वजानिक गर्दे १६२ जनाको अव भेटिएको जनाएको हो। चितवनमा ६४, धादिङमा २७, नवलपरासी पूर्वमा २६, गोरखामा २० नुवाकोटमा १२ तनहुँमा ९, रसुवामा २ र नवलपरासी पश्चिममा २ जनाको शव फेला परेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार बाढीका कारण २८ जना प्रहरी कर्मचारी अझै सम्पर्कविहीन रहेका छन्। बाढीमा परी एक हजारभन्दा बढी मानिस बेपत्ता भएको प्रारम्भिक अनुमान छ । जसमध्ये ४ सयभन्दा बढी पर्यटक, एक सय ५० भन्दा बढी विभिन्न जलविद्युत आयोजनाका कर्मचारी लगायत छन्।

उद्धार तथा राहत कार्य तीव्र पारिएको प्रभावित क्षेत्रमा ३,३१८ जना प्रहरी परिचालन गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। उद्धार टोलीहरूले बेपत्ताको खोजी कार्य जारी राखेका छन्।

बाढीमा परी घाइते भएका ४१ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ। त्रिवि शिक्षण अस्पतालमा २० जना, त्रिशुली अस्पताल ९ जना, ट्रमा सेन्टर ४ जना, वीर अस्पतालमा ३ जना, नर्भिक अस्पतालकम ३ जना, वीरेन्द्र सैनिक अस्पतालमा १ र ग्रीन सिटी अस्पतालकम १ जनाको उपचार भइरहेको छ। 

खबरपाटी
खबरपाटी