भोटेकोशी बाढी : नेपाली सेनाले गर्‍यो १२ जनाको उद्धार

भोटेकोशी बाढी : नेपाली सेनाले गर्‍यो १२ जनाको उद्धार

काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित रसुवा क्षेत्रका नागरिकको उद्धार कार्य धमाधम भइरहेको नेपाली सेनाले जनाएको छ। सेनाका अनुसार हालसम्म हेलिकोप्टरमार्फत १२ जनाको उद्धार गरिएको छ।

नेपाली सेनाका अनुसार स्याफ्रुबेँसीबाट ६ जना, मैलुङबाट २ जना र धुन्चेबाट ४ जना गरी कुल १२ जनालाई सुरक्षित स्थानमा उद्धार गरिएको हो।

बाढी प्रभावित क्षेत्रमा नेपाली सेनाका चार तथा निजी कम्पनीका आठ गरी जम्मा १२ वटा हेलिकोप्टर उद्धार कार्यमा खटिएका छन्। उद्धार कार्यलाई तीव्रता दिँदै प्रभावित क्षेत्रमा आवश्यक सहयोग तथा राहत व्यवस्थापनसमेत भइरहेको सेनाले जनाएको छ।

यसैबीच, नेपाली सेनाको मेडिकल टोलीले त्रिशूलीस्थित नम्बर १ सैन्य तालिम केन्द्रमा आकस्मिक उपचार सेवा प्रदान गरिरहेको जनाएको छ।

खबरपाटी
खबरपाटी