बलात्कारपछि हत्या सम्बन्धी कानून संशोधन गर्नुपर्ने : ज्ञानबहादुर शाही

बलात्कारपछि हत्या सम्बन्धी कानून संशोधन गर्नुपर्ने : ज्ञानबहादुर शाही

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का संसदीय दलका नेता ज्ञानबहादुर शाहीले बलात्कारपछि हत्या भएका घटनासम्बन्धी प्रचलित कानून संशोधन गर्नुपर्ने बताएका छन्। 

प्रतिनिधि सभाको सोमवारको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्। उनले कानून संशोधनको मस्यौदा तयार गरी संसदमा ल्याउन सरकारसँग माग समेत गरे।

नेता शाहीले  सत्तापक्ष र प्रतिपक्ष नभनि उक्त कानून संशोधन गरी संसदबाट पारित गर्नुपर्नेमा जोड दिए। फरक प्रसंगमा बोल्दै नेता विदेशी स्याउको आयातले गर्दा स्वदेशी स्याउले बजार पाउन नसकेको बताए। उनले भदौ र असोजभरी विदेशबाट स्याउ आयात हुन नदिन कृषिमन्त्रीलाई आग्रह समेत गरे।

नेता शाहीले जुम्लामा स्याउ उत्पादन गर्न सरकारले लगानी गर्नुपर्नेमा जोड दिए। 

खबरपाटी
खबरपाटी