गरिमा चौधरी हत्या प्रकरण : बयानको भिडियो सार्वजनिक गर्ने प्रहरी पक्राउ

गरिमा चौधरी हत्या प्रकरण : बयानको भिडियो सार्वजनिक गर्ने प्रहरी पक्राउ

काठमाडौँ - बाराकी गरिमा चौधरीको बलात्कारपछिको हत्यामा संलग्न किशोरको बयानको भिडियो खिचेर सार्वजनिक गरेको अभियोगमा एक प्रहरी प्रकाउ परेका छन्। 

बारा प्रहरीका अनुसार भिडियो खिच्ने प्रहरीलाई अहिले पक्राउ गरी हिरासतमा राखिएको छ । उनलाई फौजदारी कुसरमा नै कारबाही अघि बढाउने तयारी भएको छ ।

किशोरको बयान चलिरहेको बेलामा बयान कक्षमा खिचेको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ। भिडियोमा किशोरले कसरी बलात्कार गरेको भन्ने सबै कुरा खुलाएका छन् ।

बयानको भिडियो बाहिरिएपछि प्रहरीमाथि नै प्रश्न उठेको थियो। भिडियो खिच्ने समूहमा देखिएका अन्य प्रहरीमाथि पनि अनुसन्धान भइरहेको छ।

खबरपाटी
खबरपाटी