प्रधानमन्त्री वालेन्द्र शाह परिवार सहित मुस्ताङ प्रस्थान

प्रधानमन्त्री वालेन्द्र शाह परिवार सहित मुस्ताङ प्रस्थान

काठमाडौं - प्रधानमन्त्री वालेन्द्र शाह सपरिवार मुस्ताङको यात्रामा निस्किएका छन्। 

नेपाली सेनाबाहेक कुनै सुरक्षा निकाय तथा स्थानीय प्रशासनलाई थाहै नदिइ प्रधानमन्त्री शाह गाडीबाट सुटुक्क बालुवाटारबाट निस्केका हुन्।

मुस्ताङ किन जाने लागेका हुन् भन्नेबारे नेपाली सेना बाहेक कसैलाई जानकारी दिइएको छैन्। मुस्ताङका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखले आफूले पनि प्रधानमन्त्री आउने कुरा सञ्चारमाध्मबाट मात्रै थाहा पाएको बताए।

उनी पोखरा हुँदै मुस्ताङ जाने बताइए पनि गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक दीपेन्द्र घर्तीले आफूलाई अहिलेसम्म कुनै औपचारिक जानकारी नभएको बताए। 

यद्यपी उनी अहिले धादिङको गजुरीस्थित नेपाली सेनाको भैरव गण पुगिसकेका छन्।  पूर्वघोषित कुनै कार्यक्रमबिना, कसैलाई पूर्वजानकारी नदिई मस्ताङ यात्रामा निस्कनुभएका प्रधानमन्त्री शाह अचानक ब्यारेक प्रवेश गरे। त्यहाँ उनी खाना खाएर पोखराका लागि निस्किने स्रोतले बताएको छ। 

प्रधानमन्त्रीको यो नेपाली सेनाबाहेक जिल्लाका अन्य सुरक्षा निकायसमेत बेखबर रहेका छन्। अचानक भएको यो यात्राको उद्देश्यबारे औपचारिक रूपमा केही खुलाइएको छैन।

प्रधानमन्त्रीको यस्तो भ्रमणलाई सुरक्षा निकाय र स्थानीयले चासोका साथ हेरिरहेका छन्। उनी मुक्तिनाथको दर्शनका लागि निस्किएको अनुमान गरिएको छ। 

खबरपाटी
खबरपाटी