सर्लाहीमा दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु

सर्लाहीमा दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु

काठमाडौं - सर्लाहीको हरिपुर्वा नगरपालिका–३ काब्रिस्तानस्थित धनकौल–पर्सा भित्री सडकखण्डमा दुई मोटरसाइकल एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।

दुर्घटनामा ज ११ प १२१३ नम्बरको मोटरसाइकलको पछाडि सवार हरिपुर्वा नगरपालिका ३ बस्ने ४० वर्षीय कारी पमरियाको उपचारका क्रममा मृत्यु भएको हो।

त्यस्तै, प्रदेश २–०२–००३ प ११७५ नम्बरको मोटरसाइकल चालक ईश्वरपुर नगरपालिका–१५ सुक्नाह बस्ने ४५ वर्षीय चन्देश्वर दास पनि घाइते भएका छन्। 
घाईतेको जनकपुरस्थित गोल्डेन अस्पताल धनुषामा उपचार भई रहेको छ ।

ज ११ प १२१३ नम्बरको मोटरसाइकल चालक हरिपुर्वा नगरपालिका–३ बस्ने २६ वर्षीय अदुत शेखलाई नियन्त्रणमा लिइएको छ। दुर्घटनामा संलग्न दुवै मोटरसाइकल प्रहरी चौकी पर्साको नियन्त्रणमा रहेका छन्। घटनाको विषयमा थप अनुसन्धान भई रहेको सर्लाही प्रहरीले जानकारी दिएको छ।

खबरपाटी
खबरपाटी