उच्च अदालत बार एसोसिएसन पाटनको अध्यक्षमा अधिवक्ता सेवन्तराज निरौला निर्वाचित

उच्च अदालत बार एसोसिएसन पाटनको अध्यक्षमा अधिवक्ता सेवन्तराज निरौला निर्वाचित

काठमाडौं – उच्च अदालत बार एसोसिएसन पाटनको अध्यक्षमा अधिवक्ता सेवन्तराज निरौला निर्वाचित भएका छन् । निरौलाको नेतृत्वमा तीन वर्षका निम्ति नयाँ कार्यसमिति चयन गरिएको हो ।

शनिबार (साउन ३०) भएको निर्वाचनमा निरौलाले एक हजार १५२ मत पाए । उनका प्रतिस्पर्धी देवीप्रसाद रिजालले १२२ मत ल्याए ।

उपाध्यक्षमा दुर्गाप्रसाद चिमरिया, सचिवमा राजीव पोखरेल, सहसचिवमा सीमा सुवेदी, कोषाध्यक्षमा दिलकुमार कार्की र महिला सदस्यमा अनिता पौड्याल ज्ञवाली, इन्दिराकुमारी शर्मा (सुवेदी) र बविता राई विजयी भए । उनीहरू सबै निरौला प्यानलबाट उमेदवार बनेका थिए ।

कार्यसमितिका अरू सदस्यमा विष्णु महत, शर्मिला अधिकारी, दीपेश ओझा, सुलभ पराजुली, मैया ढुंगाना, निश्चल खरेल, बालकृष्ण थापा, राजन केसी, कटकबहादुर शाही, गोविन्दकुमार शाह र मातृका खनाल विजयी भएका निर्वाचन समितिले जनाएको छ । 

बार चुनावमा कुल दुई हजार २६५ मतदातामध्ये एक हजार ५३४ मत खसेको थियो । 

यता, एकतर्फी रूपमा निर्वाचन गराइएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)निकट स्वतन्त्र कानुन व्यवसायी मञ्चले चुनावी प्रक्रियामाथि वैधताको प्रश्न उठाएको छ ।

खबरपाटी
खबरपाटी