रोल्पाकोमा पहिरोले घर पुरिँदा एकजना वृद्धाको मृत्यु

रोल्पाकोमा पहिरोले घर पुरिँदा एकजना वृद्धाको मृत्यु

रोल्पा – रोल्पाको लुङग्री गाउँपालिका–५ धैरेनीमा पहिरोले घर पुरिँदा एकजना वृद्धाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कृष्ण श्रेष्ठका अनुसार निरन्तरको वर्षासँगै आइतबार बिहान खसेको पहिरोमा परी ७२ वर्षीया अम्मी गुरुङको मृत्यु भएको हो ।

आइतबार बिहान करिब ३ बजेतिर गुरुङ आफ्नै घरमा सुतिरहेको अवस्थामा एक्कासी घरमाथिबाट पहिरो गई घर पुरिँदा च्यापिएर मृत्यु भएको प्रहरीको भनाइ छ ।

खबरपाटी
खबरपाटी