प्रधानमन्त्री शाह र भारतीय राजदूत श्रीवास्तवबीच शिष्टाचार भेट, द्विपक्षीय सहकार्यमा छलफल

प्रधानमन्त्री शाह र भारतीय राजदूत श्रीवास्तवबीच शिष्टाचार भेट, द्विपक्षीय सहकार्यमा छलफल

काठमाडौं - प्रधानमन्त्री वालेन्द्र शाह र नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवबीच शिष्टाचार भेटवार्ता भएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज भएको भेटवार्तामा नेपाल–भारतबीचको द्विपक्षीय सम्बन्ध, पारस्परिक हित, विकास साझेदारी तथा सहकार्यका विविध विषयमा छलफल भएको छ।

भेटका क्रममा भारतीय राजदूत श्रीवास्तवले प्रधानमन्त्री शाहलाई शुभकामना व्यक्त गर्दै नेपाल–भारतबीचको आपसी सम्बन्ध र सहकार्यलाई थप सुदृढ बनाउन भारत प्रतिबद्ध रहेको बताएका छन्।

प्रधानमन्त्री शाहले पनि नेपाल र भारतबीच रहँदै आएको ऐतिहासिक तथा मैत्रीपूर्ण सम्बन्धलाई अझ प्रगाढ बनाउँदै साझा हितका क्षेत्रमा सहकार्यलाई अघि बढाउनुपर्नेमा जोड दिएका छन्।

दुवै पक्षले दुई देशबीचको सम्बन्धलाई थप प्रभावकारी बनाउँदै विकास, आर्थिक साझेदारी र पारस्परिक हितका क्षेत्रमा सहकार्य विस्तार गर्ने विषयमा छलफल गरेका थिए।

खबरपाटी
खबरपाटी