‘विधि, संविधान र संसदीय मर्यादा कमजोर पार्ने काम नगर्नुस्’ : प्रधानमन्त्री शाहलाई कांग्रेस सांसद काउचाको आग्रह

‘विधि, संविधान र संसदीय मर्यादा कमजोर पार्ने काम नगर्नुस्’ : प्रधानमन्त्री शाहलाई कांग्रेस सांसद काउचाको आग्रह

काठमाडौं - नेपाली कांग्रेसकी सांसद रेनुका काउचाले प्रधानमन्त्री बालेन्द्र शाहलाई विधि, लोकतान्त्रिक मूल्यमान्यता, संविधान र संसदीय मर्यादालाई कमजोर पार्ने कार्य नगर्न आग्रह गरेकी छिन्। 

प्रतिनिधि सभाको सोमवारको बैठकमा बोल्दै उनले मुलुकको हितमा सरकारले चाल्ने हरेक कदममा प्रतिपक्षको साथ रहने तर लोकतान्त्रिक व्यवस्था र संसदको सर्वोच्चतालाई कमजोर बनाउने काममा प्रतिपक्ष मौन बस्न नसक्ने बताइन्।

सांसद काउचाले प्रधानमन्त्री सत्तापक्षको मात्रै नभई सबै नेपालीको प्रधानमन्त्री भएको उल्लेख गर्दै संसद्मा दैनिक उठिरहेको सीमासम्बन्धी विवादास्पद अभिव्यक्तिको विषयले प्रधानमन्त्रीको राजनीतिक साखमा असर पारेकोतर्फ समेत ध्यानाकर्षण गराइन्।

उनले प्रधानमन्त्री शाहको फेसबुक स्टाटसलाई लक्षित गर्दै प्रधानमन्त्री एक्लै नरहेको भन्दै कालो चस्मा खोल्न समेत आग्रह गरिन्।  उनले संसद्को अभिलेखमा रहेको सीमासम्बन्धी विवादास्पद अभिव्यक्ति सच्याउन किन कठिनाइ भइरहेको ? भन्दै प्रधानमन्त्रीलाई प्रश्न समेत गरिन्।

सांसद काउचाले प्रतिपक्षले सरकारको घेराबन्दी गर्न नभई जवाफदेही बनाउन खोजिरहेकोबारे पनि स्पष्ट पारिन्। 

खबरपाटी
खबरपाटी