सरकार वाचा गरेभन्दा ठिक उल्टो बाटोमा गइरहेको छ : इस्तियाक राई

सरकार वाचा गरेभन्दा ठिक उल्टो बाटोमा गइरहेको छ : इस्तियाक राई

काठमाडौँ – नेकपा (एमाले)का सांसद मोहम्मद इस्तियाक राईले सरकार वाचा गरेभन्दा ठिक उल्टो बाटोतर्फ गइरहेको आरोप लगाएका छन्। 

प्रतिनिधिसभाको शुक्रवारको बैठकमा बोल्दै उनले यस्तो आरोप लगाए।

उनले सरकारले युवाहरुलाई विदेश पठाउने नभई स्वदेशमै रोजगारी दिने प्रतिबद्धता जनाएको भए पनि सरकार गठनपछि युवा विदेशिने क्रम झनै बढेको आरोप लगाए।

उनले सरकारको सय दिनको अवधिमा वैदेशिक रोजगारीमा जाने युवाको संख्या अघिल्ला सबै रेकर्ड तोड्ने गरी बढेको दावी गरे।

सरकारले विदेशिएका एक जना युवालाई समेत स्वदेश फर्काएर रोजगारी दिन नसकेको उनको आरोप छ।

उनले सरकारले सञ्चारमाध्यमलाई तर्साउने प्रयास गरेको आरोप पनि लगाए। उनले सरकारले नेपाल राष्ट्र बैंकको स्वायत्ततामाथि प्रहार गरिरहेको आरोप पनि लगाए।

उनले अस्पताल तथा स्वास्थ्य संस्थामा औषिधको हाहाकार तथा बजारमा ग्यासमा अभाव रहेकोप्रति सरकारको ध्यानाकर्षण समेत गरे।

खबरपाटी
खबरपाटी