काठमाडौँ - प्रधानमन्त्री, मन्त्री र रास्वपाका कतिपय सांसदले संसद्मा लगाएको पोशाकको विरोध भइरहँदा सभामुख डोलप्रसाद अर्यालले तोकिएको पोशाकमा उपस्थित हुन निर्देशन दिएका छन्।
अर्यालले सबै सांसदलाई ड्रेस कोडमा उपस्थित हुन र कालो चस्मा नलगाउन निर्देशन दिएका हुन् । संसदीय मर्यादा अनुकुल नहुँदा पनि आवश्यक निर्देशन नदिएको भन्दै आफ््नो आलोचना भइरहँदा अर्यालले संसद्को गरिमा र मर्यादा कायम राख्न भनेका हुन् ।
बुधबारको कार्यव्यवस्था परामर्श समितिको बैठकमा संसद्को मर्यादा र गरिमाका साथै सांसदहरुका अनुशासन लगायतका विषयमा छलफल भएको थियो।
छलफलका क्रममा सभामुख अर्यालले ड्रेसकोड पालना गर्नरगराउन र अनुशासनमा राख्न सम्बन्धित दलका प्रमुख सचेतक र सचेतकहरूलाई भनेका थिए । संसद्मा कालो चस्मा र पोशाकका बारेमा विपक्षी र सत्तापक्षकै केही सांसदले वेलावेला प्रश्न उठाउने गरेका थिए ।