सुदूरपश्चिमका सांसदसँग प्रधानमन्त्री शाहको छलफल, समसामयिक राजनीतिक विषयमा केन्द्रित

सुदूरपश्चिमका सांसदसँग प्रधानमन्त्री शाहको छलफल, समसामयिक राजनीतिक विषयमा केन्द्रित

काठमाडौं - प्रधानमन्त्री वालेन्द्र शाहले सुदूरपश्चिम प्रदेशका प्रतिनिधिसभा सदस्यहरूसँग समसामयिक राजनीतिक विषयमा छलफल गर्नुभएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज बिहान ११ बजेदेखि सुरु भएको छलफलमा वर्तमान राजनीतिक अवस्था, प्रदेशसँग सम्बन्धित समसामयिक विषय तथा विकासका प्राथमिकताबारे विचारविमर्श भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

छलफलमा सांसदहरू ताराप्रसाद जोशी, खेमराज कोइराला, हरिमोहन भण्डारी, जनकसिंह धामी, ज्ञानेन्द्र महता, जगत जोशी, कोमल ज्ञवाली र केपी खनाल सहभागी हुनुहुन्छ।

प्रधानमन्त्री कार्यालयका अनुसार छलफल जारी रहेकाले बैठकपछि थप विवरण सार्वजनिक गरिनेछ।

खबरपाटी
खबरपाटी