प्रधानमन्त्री संकटमा पन्छिनु राम्रो संकेत होइन : प्रचण्ड

प्रधानमन्त्री संकटमा पन्छिनु राम्रो संकेत होइन : प्रचण्ड

काठमाडौँ - नेपाली कम्युनिष्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ मुलुकमा गम्भीर संकट पर्दा पहलकदमी लिनुपर्ने प्रधानमन्त्री पन्छिनुले राम्रो संकेत नगरेको बताएका छन्।

बिहीबार प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्ने क्रममा उनले सुनसरीलगायत स्थानमा सामाजिक सद्भाव खलबलिरहेको अवस्थामा संयम रहन सम्बोधन गर्नुपर्ने प्रधानमन्त्री नेपथ्यमा बसेर हेरिरहेको भन्दै आलोचना गरे। उनले प्रधानमन्त्रीले गर्नुपर्ने पहल रास्वपाका सभापति रवि लामिछानेले गरेको तर सर्वदलीय बैठकमा पनि प्रधानमन्त्री र गृहमन्त्री अनुपस्थित रहेको भन्दै चिन्ता व्यक्त गरे।

उनले आफैले बनाएको सरकारको नीति तथा कार्यक्रम राष्ट्रपतिलाई पढ्न दिएर उठेर हिँडेको र गणतन्त्र दिवसका दिवसका दिन आफूले गर्नुपर्ने सम्बोधन राष्ट्रपतिलाई गर्न लगाएको भनी प्रधानमन्त्रीको आलोचना गरे। प्रधानमन्त्रीका यस्ता क्रियाकलापले मुलुक र लोकतन्त्रको हित नगर्ने उनको भनाइ छ।

खबरपाटी
खबरपाटी