सुनसरी घटनामा सुरक्षाकर्मीको भूमिकामाथि प्रचण्डको प्रश्न

सुनसरी घटनामा सुरक्षाकर्मीको भूमिकामाथि प्रचण्डको प्रश्न

काठमाडौँ - पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले सुनसरीको कप्तानगञ्जमा भएको घटनामा सुरक्षा निकायको भूमिकाप्रति  प्रश्न उठाएका छन्। 

बिहीवार प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै दाहालले सो घटनामा सुरक्षाकर्मीले गोली नै चलाउनुपर्ने स्थिति थियो वा थिएन भन्नेबारे विस्तृत अध्ययन गरी वास्तविकता सार्वजनिक गर्न सरकारसँग माग गरेका हुन्।

‘त्यहाँ त्यो स्तरको गोली चलाउनैपर्ने अवस्था थियो या थिएन, समस्या समाधानका अन्य विकल्पहरूमा के कति पहल गरियो, यी सबै विषयमा विस्तृत अध्ययन गरी वास्तविकता बाहिर ल्याउन म सरकारसँग विशेष अपील गर्दछु’, उनले भने।

घटनाप्रति दुःख व्यक्त गर्दै प्रचण्डले मृतकप्रति श्रद्धाञ्जली र घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरे।  उनले घटनाले साम्प्रदायिक विद्वेषको रूप लिन सक्ने भन्दै उच्च सतर्कता अपनाउनुपर्नेमा जोड दिए।

खबरपाटी
खबरपाटी