महेन्द्रनगर – कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्र च्याउ टिप्न गएका महिला सम्पर्कमा आएका छन्।
भीमदत्त नगरपालिका-१९ बागफाँटाका महिला सेनाको खोजीपछि सम्पर्कमा आएका हुन्। उनीहरू आइतबारदेखि सम्पर्क बाहिर थिए।
शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज सुरक्षार्थ खटिएका रणसिंह दल गणका गणपति प्रमुख सेनानी प्रकाश घिमिरेले सम्पर्क बाहिर रहेका महिलाहरु परिवारको सम्पर्कमा आइसकेको जानकारी दिए।
‘सबै संयन्त्र परिचालन गरेर निकुञ्जभित्र खोजी व्यापाक पारिएको थियो’, उनले भने, ‘केहीबेर अघि परिवारको सम्पर्कमा आएको र सबै सुरक्षित रहेको खबर प्राप्त भयो।’
त्यसैगरी आइतबार साझँदेखि नै निकुञ्जभित्र हराइरहेका बेल्डाडी गाउँपालिका-२ का तीन महिलालाई भने गणका सहसेनानी सुमन जिसी नेतृत्वको टिमले उद्धार गरेको थियो।
उनीहरूलाई सोमबार बिहान सकुशल उद्धार गरी परिवारको जिम्मामा सुम्पिएको छ।