तस्करी प्रकरण चलाउनेहरु आफैँले सुन तस्करीमा संलग्न : केपी शर्मा ओली
६ असोज २०८०, शनिवार
काठमाडौँ – प्रहरीले कुलेश्वरमा गोली चलाएर लागुऔषध कारोबारी दुई जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा एक नेपाली र एक भारतीय नागरिक छन्। लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले कुलेश्वरको पुल नजिक गोली हानेर उनीहरूलाई पक्राउ गरेको हो । यसक्रममा गोली प्रहारबाट भारतीय नागरिक घाइते भएका छन्।
लागुऔषध कारोबारीलाई पक्राउ गर्न दुई राउण्ड गोली चलाउनुपरेको ब्युरोका एक अधिधकारीले जानकारी दिए। उनीहरूबाट ठूलो मात्रामा औषधीजन्य लागुऔषध बरामद भएको प्रहरीले जनाएको छ।