मन्त्री सिता बादीको पहलमा खरीपाटी र बोडे होल्डिङ सेन्टरमा अत्यावश्यक सामग्री वितरण

मन्त्री सिता बादीको पहलमा खरीपाटी र बोडे होल्डिङ सेन्टरमा अत्यावश्यक सामग्री वितरण

काठमाडौं — महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयकी माननीय मन्त्री सिता बादीको पहल तथा मन्त्रालयको समन्वयमा भक्तपुरस्थित खरीपाटी होल्डिङ सेन्टर र बोडे होल्डिङ सेन्टरमा रहेका व्यक्तिहरूलाई अत्यावश्यक सामग्री वितरण गरिएको छ।

संरक्षणमा रहेका व्यक्तिहरूको दैनिक आवश्यकतालाई मध्यनजर गर्दै मन्त्रालयको समन्वयमा आयोजित कार्यक्रममा लत्ताकपडा, चप्पललगायतका आवश्यक सामग्रीहरू हस्तान्तरण गरिएको हो।

माननीय मन्त्री सिता बादीले संरक्षण आवश्यक पर्ने नागरिकहरूको आधारभूत आवश्यकता सुनिश्चित गर्नु राज्यको दायित्व भएको उल्लेख गर्दै सेवा प्रवाहलाई थप व्यवस्थित, प्रभावकारी र मानवीय बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गर्नुभयो।

मन्त्रालयले संरक्षण, सम्मान र सामाजिक सुरक्षाको प्रत्याभूति सुनिश्चित गर्दै जोखिममा रहेका तथा सहयोग आवश्यक पर्ने नागरिकहरूका लागि आवश्यक व्यवस्थापन र सेवा प्रवाहलाई निरन्तर प्राथमिकतामा राख्ने जनाएको छ।

खबरपाटी
खबरपाटी