साविक विजेता अर्जेन्टिना फिफा विश्वकपको सेमिफाइनलमा प्रवेश

साविक विजेता अर्जेन्टिना फिफा विश्वकपको सेमिफाइनलमा प्रवेश

काठमाडौ – साविक विजेता अर्जेन्टिना फिफा विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ। 

आज विहान भएको प्रतियोगितामा निर्धारित समयको रोमान्चक खेल १–१ को बराबरीमा सकिएपछि थपिएको अतिरिक्त समय (एक्स्ट्रा टाइम) को अन्तिम मिनेटमा लाउटारो मार्टिनेजले उत्कृष्ट गोल गरेपछि अर्जेन्टिनाले स्वीट्जरल्याण्डमाथि ३–१ को रोमाञ्चक जित निकालेको हो। 

खेलको १२०ं+१ औँ मिनेटमा मार्टिनेजले गोल गर्दै अर्जेन्टिनाको जित सुनिश्चित गरेका हुन्।  खेलको सुरुवाती समयदेखि नै निकै प्रतिस्पर्धात्मक बनेको यस भिडन्तमा सुरुवाती अग्रता अर्जेन्टिनाले लिएको थियो। खेलको १० औँ मिनेटमै अलेक्सिस म्याक अलिस्टरले गोल गर्दै टोलीलाई १–० को अग्रता दिलाएका थिए।

तर, दोस्रो हाफमा स्वीट्जरल्याण्डले उत्कृष्ट पुनरागमन गर्‍यो। ६७ औँ मिनेटमा ड्यान एनडोएले गोल गर्दै खेललाई १–१ को बराबरीमा ल्याए। त्यसको लगत्तै ७२ औँ मिनेटमा ब्रेल एम्बोलोले रातो कार्ड खाएपछि स्वीट्जरल्याण्ड १० खेलाडीमा सिमित भयो। 
त्यसपछि निर्धारित समय बराबरीमा सकियो। 

खेलको ११२ औँ मिनेटमा अर्जेन्टिनाका जुलियन अल्भारेजले गोल गर्दै खेललाई २–१ को रोमान्चक स्थितिमा पुर्‍याए।  खेलको अन्तिम समयमा मार्टिनेजले अर्जेन्टिनालाई ३–१ को जित दिलाए। 

अर्जेन्टिनाले जुलाई १५ मा अटलान्टा स्टेडियममा हुने सेमिफाइनलमा इङ्ल्याण्डको सामना गर्नेछ। 

 

खबरपाटी
खबरपाटी