आफ्नो कर्मचारीलाई धानको घुन सम्झेर पिस्सिरहेको एन.आइ.सि.एसिया बैंक
२० फागुन २०८०, आइतवार
काठमाडौं - प्रहरीले व्यवसायी दुर्गा प्रसाईँलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नियन्त्रणमा लिएर घर पुर्याइदिएको छ। झापाबाट आइतबार दिउँसो काठमाडौं फर्किएका प्रसाईँले विमानस्थलमै पत्रकार सम्मेलन गर्न खोजेपछि जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले रोक लगाएको हो।
निषेधित क्षेत्रमा कार्यक्रम गर्न रोक लगाएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक एसपी पवनकुमार भट्टराईले जानकारी दिए। विमानस्थल आफैँमा संवेदनशील ठाउँ हो। त्यसमाथि निषेधित क्षेत्र पनि भएकाले उहाँलाई सम्झाएर हामीहरूले सहजीकरण गरी घर पठाएका हौँ’, थाहाखबरसँग उनले भने।
पोस्टर नै राखेर कार्यक्रम गर्ने तयारी गरेपछि नियन्त्रणमा लिएर प्रहरीले प्रसाईँलाई भक्तपुरस्थित उनको घर पुर्याएको हो।