राधास्वामी होल्डिङ सेन्टरमा बाढी पस्यो, १५४ विस्थापितमध्ये ६० जनाको उद्धार

राधास्वामी होल्डिङ सेन्टरमा बाढी पस्यो, १५४ विस्थापितमध्ये ६० जनाको उद्धार

काठमाण्डौ —  काठमाण्डौको बागमती नदीमा बाढी आउँदा गएराति कीर्तिपुरको राधास्वामी सत्संग होल्डिङ सेन्टर डुबानमा परेको छ । 

कीर्तिपुर नगरपालिका–१० सुन्दरीघाट राधास्वामी सुकुम्बासी होल्डिङ्ग सेन्टरमा आश्रय लिइरहेका विस्थापित सुकुम्बासीहरू बिचल्लीमा परेका छन् । सेन्टरमा रहेका एक सय ५४ जनामध्ये ६० जनाको उद्धार गरिएको छ ।

सशस्त्र प्रहरीको ३० र नेपाल प्रहरीको ३० जनाको संयुक्त टोलीले ५४ जनालाई उद्धार गरी टियूको स्मृति भवनमा अनि ६ जनालाई होस्टलमा राखिएका छन् । अरु ९४ जनाले सेन्टर छाडेर जान नमानी त्यही बसेका राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका अनुसार अहिले विषयगत क्षेत्र सक्रिय भई खाना, पानी र अन्य आवश्यक खाद्यान्नको व्यवस्थापन भैरहेको छ । विस्थापितका सरसामान पानीले डुबाएको छ । सरकारले यस्तै बाढीबाट जोगाउन भन्दै नदी किनारका सुकुम्बासी बस्ती भत्काए पनि उनीहरूलाई स्थायी बसोबासको व्यवस्था मिलाउन नसक्दा झनै समस्या भएको छ ।

खबरपाटी
खबरपाटी