गणेश नेपालीको निधनपछि वीर अस्पताल तनावग्रस्त, ठूलो संख्यामा प्रहरी परिचालन (तस्बिरहरू)

गणेश नेपालीको निधनपछि वीर अस्पताल तनावग्रस्त, ठूलो संख्यामा प्रहरी परिचालन (तस्बिरहरू)

काठमाडौं — आफ्नै शरीरमा आगो लगाएका गणेश नेपालीको उपचारका क्रममा निधन भएपछि काठमाडौंस्थित वीर अस्पताल परिसर तनावग्रस्त बनेको छ।

उनको निधनको खबर सार्वजनिक भएपछि आफन्त, समर्थक तथा सर्वसाधारणको ठूलो भीड अस्पताल परिसरमा जम्मा भएको थियो। स्थिति तनावपूर्ण बन्दै गएपछि सुरक्षा व्यवस्था कडा पार्न नेपाल प्रहरीले ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरेको छ।

अस्पताल परिसर र आसपासका क्षेत्रमा नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बलको बाक्लो उपस्थिति रहेको छ। सम्भावित अप्रिय घटना हुन नदिन सुरक्षाकर्मीले अस्पतालको मुख्य प्रवेशद्वार तथा संवेदनशील स्थानमा निगरानी बढाएका छन्।

गणेश नेपालीको निधनसँग सम्बन्धित घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान भइरहेको जनाएको छ। घटनाको कारण र यससँग सम्बन्धित अन्य विषयमा आधिकारिक विवरण आउन बाँकी रहेको छ।

यसैबीच, अस्पताल परिसरमा सुरक्षाकर्मीको उपस्थिति बढाइएपछि अवस्था नियन्त्रणमा राख्ने प्रयास भइरहेको छ। प्रहरीले सर्वसाधारणलाई संयमित रहन तथा अफवाहमा विश्वास नगर्न आग्रह गरेको छ।

खबरपाटी
खबरपाटी