राहदानी सेवा आजदेखि दुई दिन बन्द

राहदानी सेवा आजदेखि दुई दिन बन्द

काठमाडौं – राहदानी सेवा आजदेखि दुई दिन  बन्द हुने भएको छ ।

राहदानी विभागले सेवालाई नयाँ प्रणालीमा रूपान्तरण (माइग्रेसन) गर्न लागिएकाले दुई दिन राहदानी सेवा बन्द हुने जनाएको छ ।

विभागका अनुसार हाल सञ्चालनमा रहेको प्रणालीबाट नयाँ प्रणालीमा सेवा स्थानान्तरण गरिने भएकाले आज र भोलि राहदानीसम्बन्धी सेवा बन्द रहनेछ ।

यसअघि विभागले असार १९ गते सार्वजनिक सूचना जारी गर्दै प्रणाली परिवर्तनका कारण दुई दिन सेवा अवरुद्ध हुने जानकारी गराएको थियो ।

राहदानीसम्बन्धी अन्य सेवा बन्द रहे पनि विभागमा तयार भइसकेका राहदानी भने वितरण गरिने विभागले जनाएको छ ।

मोबाइलमा राहदानी संकलनका लागि एसएमएस प्राप्त गरेका सेवाग्राहीले विभागमा सम्पर्क गरी आफ्नो राहदानी संकलन गर्नसक्ने विभागले जनाएको छ ।

खबरपाटी
खबरपाटी