प्रतिनिधिसभामा आज राष्ट्रिय सेवा दल विधेयक पेश हुँदै

प्रतिनिधिसभामा आज राष्ट्रिय सेवा दल विधेयक पेश हुँदै

काठमाडौं - संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ। बैठक बिहान ११ बजे सिंहदरबारमा बस्नेछ।

बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले ‘महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन ‘२०८१–०८२ पेस गर्ने कार्यसूची रहेको छ।

यस्तै, मन्त्री गौतमले ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३५औँ वार्षिक प्रतिवेदन २०८१–०८२ पेस गर्ने

छिन्।यसैगरी, प्रधानमन्त्री शाहको तर्फबाट कानूनमन्त्री गौतमले ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३ प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम छ।

साथै उक्त विधेयक प्रस्तुत गरी ‘नेपाल विशेष ऐन, २०४२ को साविकको व्यवस्था जगाउने सम्बन्धी विधेयक २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ।

खबरपाटी
खबरपाटी