काठमाडौं - प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसकी सांसद प्रमिलाकुमारी गच्छदार प्रधानमन्त्री बालेन्द्र शाहको राष्ट्रघाती अभिव्यक्तिका कारण सुस्ता र ठोरी लगायतका नेपाली नागरिकले सीमापारीको चर्को दवाव र मानसिक त्रास खेप्न बाध्य भएको आरोप लगाएकी छिन् । .
बुधवार प्रतिनिधि सभा बैठकको सुरुमै बोल्दै उनले नेपालले पनि भारतको सीमा मिचेको छ भनि प्रधानमन्त्री शाहले अभिव्यक्ति दिएपछि सीमा क्षेत्रमा रहेका नेपालीहरुले भारतीय पक्षको चर्को दबाब र मानसिक त्रास खेप्न बाध्य हुनु परेको बताएकी हुन् ।
सांसद गच्छदारले संसदलाई बेवास्ता गर्ने प्रधानमन्त्रीलाई संसदमा आएर उक्त अभिव्यक्तिबारे स्पष्टिकरण दिनका लागि रुलिङ गर्न सभामुख डोलप्रसाद अर्यालको ध्यानाकर्षण समेत गराइन्। उनले होल्डिङ सेन्टरमा रहेका सुकुम्बासीलाई समेत सरकारले पीडा दिएको भन्दै आक्रोश समेत व्यक्त गरिन्।
सांसद गच्छदारले वर्तमान सरकारले गरिवलाई पीडा दिएकाले पनि जनताको सरकार भन्न नमिल्ने जिकिर पनि गरिन्।