राहदानी सेवा ३ दिनसम्म बन्द रहने

राहदानी सेवा ३ दिनसम्म बन्द रहने

काठमाडौं - देशभित्र र विदेशबाट प्रदान गरिने राहदानी सेवा २ देखि ३ दिनसम्म बन्द रहने भएको छ। 

हाल सञ्चालनमा रहेको राहदानी प्रणालीलाई नयाँ प्रणालीमा स्थानान्तरण (माइग्रेसन) गर्नका लागि सेवा बन्द गर्न लागिएको विभागले जानकारी गराएको छ।

विभागले शुक्रबार जारी गरेको जिल्ला तथा इलाका प्रशासन कार्यालय र विदेशस्थित नेपाली नियोगबाट प्रदान गरिने राहदानी सेवा असार २४ देखि २६ गतेसम्म (८–१० जुलाई) तीन दिन बन्द रहनेछ। त्यस्तै, राहदानी विभागबाट प्रदान गरिने सेवा असार २५ र २६ गते (९–१० जुलाई) दुई दिनका लागि बन्द हुनेछ।

विभागका अनुसार असार २९ गते (१३ जुलाई) देखि राहदानी सेवा नयाँ प्रणालीमार्फत सञ्चालनमा आउनेछ। राहदानी विभागले नयाँ प्रणाली लागू भएसँगै सेवा प्रवाहलाई थप सुरक्षित, प्रभावकारी र सहज बनाउने अपेक्षा गरेको जनाएको छ।

खबरपाटी
खबरपाटी